
काठमाडौं, २१ माघ
कोरोना संक्रमण कम हुँदै गएपछि विद्यालय सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलमा फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य, तथा जनसंख्या मन्त्रालयका विज्ञ, अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सन लगायतका पदाधिकारी सहभागी छलफलमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्नु पर्ने निष्कर्ष निस्किएको छ ।
यसका लागि निर्णय गर्ने अधिकार डिसिएमसी र स्थानीय तहलाई दिनुपर्ने लगायत विषयमा छलफल भएको थियो । यसको थप निर्णय भने आइतबार बस्ने सिसिएमसीको बैठकले लिने बताइएको छ ।