
अनेरास्ववियू र युवासंघका कार्यकर्ताले प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा कालो झण्डा देखाएका छन । मन्त्रालय विभाजन गरेर प्रदेशलाई आर्थिकभारमा पारेको भन्दै कालोझण्डा देखाएका हुन ।अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य जीवी गजलको नेतृत्वमा रहेका युवा विद्यार्थीले भ्रष्ट सरकार चाहिदैन मन्त्रालय फुटाउन पाइँदैन लगायतका नारा लगाउँदै कार्यकर्ताले इटहरी हुदै पूर्व जादै गरेका मुख्यमन्त्रीको बाटो छेक्ने प्रयास गरे ।
उनीहरुले मूख्यमन्त्रीले राजिनामा दिनुपर्ने भन्दै नारावाजी गरेका छन । प्रदेश सकारले प्रदेश नं. १मा ७ मन्त्रालयलाई विभाजन गरेर १२ वटा मन्त्रालय वनाउने निर्णय गरेको छ । सत्तागठवन्धनमा भागवण्डा नमिल्दा प्रदेश सरकार विस्तार भने हुन सकेको छैन । मन्त्रीका धेरैजना आकाँक्षी देखिएपछि मुख्यमन्त्री राजेन्द्र राईले काठमाडौ गएर एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर केन्द्रमै कुरा मिलाइदिन आग्रह गरेको वुझिएको छ ।