
विराटनगर, २१ माघ
विहिबार रातिदेखिको हावाहुरीका कारण मधेश प्रदेशमा तीन जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ ।
धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको मसलाको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीया अरबन्दी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उता, रौतहटको बौधीमाई नगरपालिका—१ मा इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको छ ।