About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २१ माघ
अहिले शेयर बजारको चर्चा धेरैतिर छ । शेयरमा लगानी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । तर, कतिपयलाई शेयर बजारका आधारभूत कुरा पनि थाहा छैन । यहाँ डिम्याट खाताका बारेमा जानकारी गराइएको छ ।
२०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो । हाल सेयर अभौतिक रुपमा अर्थात यही डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफैं जम्मा हुन्छ । प्राथमिक सेयर (आइपिओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।
यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ । सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन् । त्यस्तै ब्रोकर कम्पनीहरुमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्वर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।
धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ । सो नम्वर पाएपछि मात्रै तपाईंले प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से) बाट खरिदबिक्री गर्न सक्नुहुनेछ । आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति सेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भए÷नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय