About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी उपमहानगरपालिकाको उपमेयर सुत्केरी भेट कार्यक्रम अन्र्तगत उपमेयर लक्ष्मी गौतम सुत्केरी भेटन टोल टोल पुग्नुभएको छ । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खानासहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट कार्यक्रम हो ।

इटहरी उपमहानगरपालिका वडा नम्वर ३,६,७,८ र ९ का १०जना सुत्केरीलाई पोसिलो खानेकुरा,आमा र वच्चालाई न्यानो कपडा सहित भेटघाट गरिएको हो ।दैनिक ज्यालादारी गरेर गरेर जिविकोपार्जन गर्ने परिवारमा कोरोना महामारीले जटिलता भइरहेकोवेला पौष्टिक खाना सहित उपमेयर घरमै आइपुग्दा गाँउवासीनै भेला भएर खुसी मनाएका छन् ।उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरूको संख्यासमेत वढेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय