About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय निकायको चुनावमा काँग्रेस एक्लै लडने वताउनुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहसमा कुरा गर्दै काँग्रेस नेता डा कोइरालाले स्थानीयनिकायको चुनावमा अहिलेको गठवन्धन जारी नरहने वताउनुभयो ।

काग्रेसका देशभरका कार्यकर्ता स्थानीय चुनावमा एक्लै लडन चाहन्छन काँग्रेसको अस्तित्व वचाईराख्ने हो भने स्थानीय निकायको चुनावमा गठवन्धनमा जानु हुदैन डा कोइरालाले प्रष्ट पार्नुभयो । चुनाव पछि सरकार वनाउन चाँही पून गठवन्धन हुन सक्ने कोइरालाको धारणा छ । उहाँले एससीसीलाई धेरै गिजोल्नु नहुनेमा जोड दिनुभयो । संसदमा लगेर छलफल गरेर पारित गर्नुपर्ने उहाँको भनाई छ । प्रदेशमा मन्त्रीको संख्या वढाउनुपर्छ भन्ने पक्षमा आफू नरहेको डा कोइरालाको भनाई छ । उहाँले यसरी मन्त्री थप्दै जाने हो भने संघीयता संकटमा पर्दै जाने वताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय