
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाएका छन । प्रदेशलाई आर्थिक वोझ हुने गरि मन्त्रालय विस्तार गर्न लागेको भन्दै काठमाडौंदेखि विराटनगर आएका मुख्यमन्त्री राईलाई विराटनगर एयरपोर्टबाट मुख्यमन्त्रीको कार्यालय आउने क्रममा कञ्चनबारी एरियामा अनेरास्ववियुले कालो झण्डा देखाएका हुन ।
मुख्यमन्त्रीको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन ।प्रदेश १ मा मन्त्रीहरु थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै नगरेको भन्दै कालो झण्डा देखाएको अनेरास्ववियुका नेता भाष्कर खनालले बताउनुभयो । त्यसक्रममा प्रहरीले धरपकडसमेत गरेको छ ।



