About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा मेचीनगर ६ काकडभिटटा बर्मेली टोलमा रहेको एसएस जुत्ता चप्पल उद्योगमा मा भएको आगलागी करिव पाँच घण्टामा नियन्त्रणमा आएको छ । आगलागिवाट साढे आठ करोडको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।बिहान करिव ११.४० बजेदेखि सो जुत्ता फ्याक्ट्रीमा लागेको आगो अपरान्ह पाँच वजे मात्र नियन्त्रणमा आएको छ । उद्योगभित्र रहेको जुक्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुक्ता, केमिकल लगायतका सामान पूर्णरुपमा नष्ट भएको छ । भवनको चारैतिरको भाग अधिकांश जलेको छ । भारतबाट आएका ३ वटा र झापा र मोरङका १० वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयले आगलागी नियन्त्रणका लिएको इलाका प्रहरी कार्यालय काकडभिटटाले जनाएको छ । विद्युत सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान छ । श्याम पिन्टुले संचालन गरेको सो जुत्ता चप्पल फ्याक्ट्रीमा आगलागी भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय