About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका बक्ताहरुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरुको भनाई छ । प्रदेश १ का पूर्व मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप गर्नेगरि निर्णय गर्न नसक्ने बताउनुभयो । संविधानले एक दिनपनि जनप्रतिनिधि विहिन स्थानीय तहको परिकल्पना नगरेको उहाँको भनाई छ । सरकारको भजन गाउने कानुन व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम भईरहेको उहाँको भनाई छ । उहाँले अविलम्व निर्वाचनको मिति घोषणा हुनुपर्ने बताउनुभयो ।अर्थशास्त्री प्रा.डा. अर्जुन बरालले संविधानको व्यवस्था अनुसार तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभयो । उहाँले स्थानीय तहलाई जनप्रतिनिधि विहिन बनाउन नहुनेमा जोड दिनुभयो । अधिकारकर्मी सोमराज थापाले समयमा निर्वाचन नहुँदा मुलुक अस्थिरता तर्फ जाने बताउनुभयो ।सत्तालाई टिकाउनका लागि निर्वाचन मिति पर सार्न नमिल्ने थापाको भनाई छ । पत्रकार यज्ञ शर्माले बर्तमान सरकार निर्वाचनमा जान डराईरहेको बताउनुभयो । चौतर्फी दवावपछि सरकार स्थानीय तहको निर्वाचन जेठमै गर्नुपर्ने मनस्थितिमा देखिएपनि निर्वाचन मिति घोषणा गर्न आलटाल गरिरहेको उहाँको भनाई छ । निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भईरहेकाले जनदवाव आवस्यक रहेको शर्माको भनाई छ ।कार्यक्रममा उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङेल, अनेरास्ववियुका उपमहासचिव भाष्कर खनाल, अनेरास्ववियु सचिवालय सदस्य गोकर्ण घिमिरे लगायतले स्थानीय तहको निर्वाचन अविलम्व घोषणा हुनुपर्ने वताउनुभयो । सचिवालय सदस्य घिमिरेले स्थानीय तहको निर्वाचन मिति घोषणाको माग गर्दै अनेरास्ववियुले निरन्तर खवरदारी गरिरहने बताउनुभयो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय