
ताप्लेजुङ, १९ माघ
समयमै स्थानीय तह निर्वाचन गर्नुपर्ने दबाब स्वरुप ताप्लेजुङमा नमूना मतदान गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु र अखिल नेपाल महिला संघ ताप्लेजुङको संयुक्त आयोजनामा नमूना मतदान गरिएको हो ।
स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर भन्ने नाराका साथ फुङलिङ बजारमा नमूना मतदान गरिएको हो । दबाबमूलक उक्त कार्यक्रममा नेकपा एमाले पार्टी तथा अनेरास्ववियु, युवा संघ, अनेमसंघका नेता कार्यकर्ताले सहभागिता जनाएका थिए ।
तस्वीरः हेमराज निरौलाको फेसबुकबाट



