About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना संक्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इलाम र पाँचथरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा ६, पथरीशनिश्चरे र बेलबारीमा ४–४, बुढीगंगा, उर्लाबारी र कानेपोखरीमा ३–३, कटहरी, सुनबर्षी र लेटाङमा २–२, धनपालथान, केराबारी, रंगेली, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २४, धरानमा २०, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जु, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, दुहवी, देवानगञ्ज र रामधुनीमा १–१, झापाको भद्रपुरमा ८, दमकमा ७, शिवसताक्षीमा ५, गौरादहमा ४, विर्तामोड र कनकाईमा ३–३, मेचीनगर, अर्जुनधारा, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारी र बुद्धशान्तिमा १–१, उदयपुरको त्रियुगामा ३, उदयपुरगढी र चौदण्डीगढीमा २–२, कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको कुम्वायक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा आज ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय