About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ माघ
मोरङको उर्लाबारी र रतुवामाईमा नगरपालिका र राष्ट्रिय भूमि आयोगका अध्यक्षसहितको टोली बिच भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनीपुर्जा वितरण गर्ने सम्बन्धी छलफल भएको छ ।
आज आयोगको टोलीले दुई वटै नगरमा छुट्टाछुट्टै छलफल भएको हो । उर्लाबारी नगरपालिकामा नगरपालिका स्तरीय सहजीकरण समिति र वडास्तरीय सहजीकरण समितिसँग छलफल तथा परामर्श गरेको हो । आयोगले नगरमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले नगरपालिकका जनप्रतिनिधि राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुसँग छलफल गरेको हो ।
बैठकमा राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला, मोरङ जिल्ला अध्यक्ष शुशिला घिमिरे (सामना), आयोगकी केन्द्रिय सदस्य सरिता महर्जन, नगर उप–प्रमुख लक्ष्मीदेवी भण्डारी, वडाध्यक्षहरु र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरेको सहभागिता रहेको थियो ।
सोही टोलीले रतुवामाई नगरपालिकामा पनि छलफल गरेको छ । सो अवसरमा नगर प्रमुख रविन राईलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा आयोगका अध्यक्ष केशव निरौलाले अघिल्लो सरकारले संकलन गरेको लगतलाई निरन्तरता दिँदै छुटेकाहरुको लगत संकलन गरी माघ अन्तिमबाटै भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई पुर्जा सहितको जमिन र अव्यवस्थित बसोवासीलाई पुर्जा वितरणको तयारीमा आयोग लागि परेको बताए । जसका लागि आयोगले बिहिबारबाट नै पालिकामा एक जना अमिन र एक जना सर्वेक्षक समेत पठाउने निर्णय गरेको निरौलाले बताए ।
भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई पुर्जासहितको जमिन र अव्यवस्थित बसोबासीलाई पुर्जा उपलव्ध गराउनु स्थानीय सरकारको उद्देश्य भएका कारण आयोगसँग नगरपालिका निरन्तर छलफल र अन्तरक्रियामा लागि रहेको नगर प्रमुख खड्ग फागोले बताए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय