About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

थाइल्याण्डका एकजना ३३बर्षे युवा अहिले इन्टरनेटमा भाइरल वनेका छन । ८ जना सुन्दरीयुवती सँग विहे गरेर हाँसीखुशी जीवन ब्यतित गरिहेका कारण रेष्टुरेण्ट ब्यवासायी तथा ट्याटु आर्टिस्ट ओंग डेम सोरोत चर्चामा रहेका हुन । उनले आठै जना श्रीमतिलाई मिलाएर राखेका कारण कुनै दिन पनि झगडा नभएकाले पनि उनको चर्चा चुलिएको हो ।

उनले थाइल्याण्डको एक टेलिभिजनमा आफनो प्रेम जीवनका वारेमा खुलेर वताएका छन । आठै जनालाई विभिन्न ठाँउमा भेटेर प्रेम गरेर विहे गरेका हुन । आश्चर्य त यो छ कि प्रत्येक पटक श्रीमति थप्दा भएकाको राजिखुशीमै अर्की ल्याएका हुन र नयाँ ल्याउनेलाई पनि आफूसँग यति जना श्रीमति छन भनेर जानकारी गराएरै ल्याएका हुन ।

उनीहरु मध्ये कोही सँग वजारमा,कोही सँग अस्पतालमा,कोही सँग वौद्धगुम्वा,सामाजिक सञ्जाल र कोही सँग उनको पर्यटकीय क्षेत्रमा भेट भएर प्रेम भएको हो । सवै आठै जना मिलेर शान्त सँग र सन्तुष्ठ भएर वसेको देख्दा मान्छेहरु अचम्मित हुने गरेका छन । उनले आफू वाहेक अरु कोही मन परयो भने शान्तसँग डिर्भोस गरेर जान सक्ने अनुमति समेत दिएका छन ।

सोरोतले जेठी श्रीमतिवाहेक सवै सात जनाको समान स्टाटस दिएका छन । पहिलो भएका कारण जेठीलाई भने सवैले उत्तिकै वढि आदर गर्नुपर्ने नियम वनाएका छन । अहिले जेठी श्रीमतिका तर्फवाट एक जना वच्चा छन । अरु दुईजना श्रीमति गर्भवति छन । एउटा वेढरुममा दुईजनालाई राख्ने गरेका छन । शारीरिक सम्पर्क भने दिनमा एक जनाको दरले पालैपालो नियम वनाएका छन । कोहिले शारीरिक वा अन्य कारणले अनिच्छा देखाए क्रमानुसार अर्कोको पालो आउने गरेको छ । सोरोत सवै पत्नीहरुलाई उत्तिकै ख्याल गर्छन । श्रीमतिहरु पनि सोरत सँग खुशी छन र यसैगरी जीवन विताउन चाहन्छन । अहिले सम्म उनीहरुले झगडा गरेका छैनन । सोरत धनाढय ब्यक्ति भने होइनन,उनीहरु सवैजना काम गर्छन र घरको खर्च जुटाउछन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय