About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताउनुभको छ ।प्रधानमन्त्रीलाई भेट्न पुगेको नेपाली काँग्रेस वागमती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताउनुभएको हो । चुनावको मिति केहीदिनमै घोषणा हुने समेत प्रधानमन्त्रीले वताउनुभएको छ । स्थानीय निकायको कार्यकाल सकिनु एक दिन अघि निर्वाचन गरिने भएकाले निर्वाचनको तयारीमा लाग्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभएको छ । सत्तारुढ गठबन्धनको अस्ति शनिबारको वैठकमा जेठ महिनामा स्थानीय चुनाव गर्न गठवन्धनका दलहरु सहमत भएका थिए । भोली वस्ने मन्त्रीपरिषदको वैठकवाट चुनावको मिति घोषणा हुन सक्ने वताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय