
इटहरी वडा नम्वर १६ र १७ का दुईसय परिवारलाई राहत वितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाको संयोजनमा आसमान नेपालले राहत वितरण गरेको हो । इटहरी वडा नम्वर १६ र १७ वडा कार्यालयमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,आसमान नेपालका सल्लाहकार गुरु सुवेदी,वडाध्यक्षहरु भगवानलाल शाह र दिप नारायण चौधरीले कोरोना पीडित अति विपन्न परिवार,एकल महिला,दलित तथा अपाँगताभएकाहरुलाई राहत प्रदान गर्नुभयो । प्रति परिवार २५ केजी चामल,ब्लाङकेट,दुई केजी नुन,दुईकेजी दाल,दुई लिटर तेल,मास्क,सेनिटाइटर वितरण गरिएको आसमान नेपालका सल्लाहकार गुरु प्रसाद सुवेदीले वताउनुभयो । भोली थप सय परिवारलाई राहत वितरण गरिने उपमहानगर वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले जानकारी दिनुभयो ।



