About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, नेकपा (एमाले) प्रदेश कमिटीले मन्त्रालय वृद्धिको निर्णय फिर्ता लिन माग गरेको छ । प्रदेश अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ती जारी गरि प्रदेशमा मन्त्रालयको संख्या वृद्धि गरेकोमा आपत्ति जनाउनुभएको छ । विज्ञप्तीमा प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएकोमा थप मन्त्रालय बढाएर प्रदेशले धान्नै नसक्ने आर्थिक भार पारेको भन्दै विरोध जनाइएको छ ।‘प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपूर्ण तवरले मन्त्रालयहरु थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन यो कमिटी जोडदार माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा जनताको चाहना र प्रदेशको आवश्यकता विपरित प्रदेश सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाइएको छ । प्रदेशसभाबाट पारित योजनाहरु खारेज गरिएको, योजनाहरुमा विनियोजित बजेट कटौती गरिएको, विकासका काम ठप्प गरेको र भ्रष्टाचार बढाएको भन्दै एमालेले सरकारको आलोचना गरेको छ । अनियमितता भ्रष्टाचार र कमिशनमा प्रदेश सरकार चुर्लुम्म डुवेको एमालेले आरोप लगाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय