About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १८ माघ
माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्रै सार्वजनिक गर्ने तयारी भएको छ । सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले पनि परीक्षाको तयारी गरेको हो ।
परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी १५ जिल्लाले केही दिनभित्रै केन्द्र तोकेर पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए ।
केन्द्रको संख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय ईकाईलाई निर्देशन दिइएको जानकारी दिँदै परीक्षा नियन्त्रक रायमाझीले भने– ‘काठमाडौंसहित केही जिल्लाले केन्द्रको नाम पठाएपछि अन्य प्रक्रिया शुरू गर्नेछौं ।’ बोर्डले होम सेन्टर गरी परीक्षा गर्ने निर्णय गरे पनि परीक्षा केन्द्रका निरीक्षक हेरफेर गरिने जानकारी दिँदै उउनले भने ‘कोभिड–१९ संक्रमण नियन्त्रणमा नआउँदै परीक्षा लिनुपरे विद्यालयमै परीक्षा केन्द्र राख्ने र नियन्त्रणमा आए केन्द्र कायम गरी परीक्षा लिने गरी व्यवस्थापन गर्न लागेका छौं ।’
बोर्डको बैठकले यसअघि नै एसईई परीक्षा वैशाख र कक्षा १२ को जेठमा गर्ने निर्णय गरिसकेकोले सोही आधारमा परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय