
विराटनगर, १७ माघ
गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पु¥याउन प्रदेश १ सरकारले मन्त्रालयको संख्या थप्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्री परिषद् बैठकले यसअघि रहेका ७ मन्त्रालयलाई बढाएर १२ पु¥याएको हो । प्रदेश सरकारले यसअघिका चार मन्त्रालयलाई टुक्राएर ९ बनाएको छ भने तीन वटा यथावत रहेका छन् । प्रदेश सरकारको निर्णय अनुसार अब कायम हुने मन्त्रालयहरु निम्न अनुसार छन्ः
अब कायम हुने मन्त्रालयहरुः
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आर्थिक मामिला तथा योजना मन्त्रालय
३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४) सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
५) खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
६) सामाजिक विकास मन्त्रालय
७) स्वास्थ्य मन्त्रालय
८) उद्योग, श्रम तथा रोजगार मन्त्रालय
९) वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय
१०) संस्कृति तथा पर्यटन मन्त्रालय
११) कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
१२) भूमि व्यवस्था, सहकारी तथा यातायात मन्त्रालय
यसअघि कायम रहेका मन्त्रालय
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आर्थिक मामिला तथा योजना मन्त्रालय
३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४) भौतिक पूर्वाधार विकास मन्त्रालय
५) सामाजिक विकास मन्त्रालय
६) कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
७) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय



