About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो। ती फार्ममा हजारौ कुखुरा मरेका छन ।ग्रामथान–१ को कृषि फार्ममा रहेका करिब ३ हजार ५०० लेयर्स कुखुरा मरेपछि नमूना परीक्षणका लागि पठाइएको थियो। कटहरी–७ को पद्मश्री बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये ७ सय वटा कुखुरा मरेको र नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । ग्रामथान गाउँपालिका–१ स्थित १ हजार २० वटा बोइलर कुखुरा रहेको श्रीगणेश कृषि फार्ममा पनि बर्डफ्लु पुष्टि भएको छ। बुढीगंगा–५ को रास एग्रोभेट फार्ममा रहेका परेवासमेत मरेपछि त्यसको नमूना जाँच गर्दा बर्डफ्लु पुष्टि भएको बताइएको छ। विराटनगरस्थित पशुपन्छी रोग प्रयोगशालामा गरिएको परीक्षणमा यी चार फार्ममा बर्डफ्लु पुष्टि भएको हो। फ्लु देखिएका फार्मका कुखुरा तथा पन्छीजन्य वस्तु नष्ट गर्ने कार्य शुरू भएको प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले जानकारी दिनुभयो । बर्डफ्लु पुष्टि भएपछि आज प्रमुख जिल्ला अधिकारी दाहालको अध्यक्षतामा बसेको जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समन्वय समितिको बैठक वसेको छ । वैठकले मोरगका अन्य स्थानीय तहहरुलाई आवश्यक निगरानीका लागि पत्राचार गर्ने निर्णय गरेको छ । छिमेकी जिल्लाहरुमा समेत आवश्यक सतर्कता अपनाउन आवश्यक समन्वयको काम भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । बैठकले बर्डफ्लुका कारण नष्ट गरिएका पंछिजन्य सामग्रीहरुको नियमानुसार क्षतिपूर्ति र सामग्री व्यवस्थापनका लागि प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशु सेवा विभागसँग रकम माग गर्ने सिमेत निर्णय गरेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय