About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई तिव्र दवाव सृजना गर्ने निर्णय गरेको छ । एमालेले दवाव सृजना गर्न पार्टीका २२वटै जनसंगठन परिचालन गर्ने भएको छ । महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको वैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरु सदस्य रहन्छन । बैठकले आउँदो वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । एमालेले आवश्यक पर्दा हाइलेभल डेलिगेसन गएर प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको छ । केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका सम्पूर्ण मातहत कमिटिहरूलाई तयारीमा जुट्न निर्देशन समेत दिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय