About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो । परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय,सचिवमा बद्री भिखारी,सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहनुभएको छ । सदस्यहरुमा रीता ताम्राकार,सुष्मा तिम्सिना,दुर्गा दाहाल,अभिशेख तिम्सिना,सोनु जयन्ती,दिनेश कोइराला,प्रकाश सुब्बा,हेमन्त गौतम र नविन न्यौपाने हुनुहुन्छ ।यसैगरी मोहन तुम्वाहांको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले परिषदले इटहरीको कला,साहित्य र संगीतको विकासकालागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरि इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा गर्नुभयो ।संयोजक कृष्णविनोद लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेरसवैपक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले गरेर इटहरी नगरका भाषा भाषी रसाहित्य कलालाई उन्नति प्रगति तर्फ उन्मुख गराउन परिषद अगाडि बढ्नेवताउनुभयो ।सो भेलामा सल्लाहकार संयोजक मोहन तुम्माहां ,साहित्यकार तथा अग्रज पत्रकार कृष्ण अधिकारी, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी , लोक गायक बालकृष्ण कार्की लगायतका साहित्यकारकलाकारले वोल्नुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय