About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ माघ
उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भीमबहादुर राई निर्वाचित भएका छन् । आज सम्पन्न वन समूहको निर्वाचनमा अध्यक्षका प्रत्यासी कृष्ण दाहाल र ज्योति थापालाई फराकिलो मत अन्तरले पराजित गर्दै राई विजयी भएका हुन् । विजयी राईले ५३७ मत प्राप्त गरे भने दाहालले ३१२ मत र थापाले १८५ मत प्राप्त गरे । राई दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।
यस्तै, उपाध्यक्षमा श्याम ढकाल विजयी भए । उनले ४२० मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी कुलबहादुर प्रधानले ३०८ मत र नरबहादुर गुरुङले २३५ मत पाए । सहसचिवमा रोहित आचार्यलाई पराजित गर्दै मित्रप्रसाद आचार्य विजयी भए । मित्रले ४६६ मत र रोहितले ४१० मत प्राप्त गरे ।
समूहको कोषाध्यक्षमा अर्जुन बास्तोला ३५० मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षका प्रत्यासी कृष्णराज गिरीले २८४ मत र राजेन्द्र बास्तोलाले २७८ मत ल्याए । यस्तै, लेखा समिति संयोजकमा देवमणि न्यौपाने विजयी भए । उनले ४२४ मत ल्याए भने उनका प्रतिस्पर्धी कमलप्रसाद लुइटेलले ३६७ मत पाए । समूहको महिला उपाध्यक्ष, सचिव र सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । कुल मतदाता १२ सय ९५ मध्ये आजको मतदानमा ११४० जनाले भोट हालेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय