
काठमाडौं, १५ माघ
पाँच दलीय गठबन्धनले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार बसेको सत्तारुढ दलहरुको बैठकले प्रधानमन्त्रीमार्फत सरकारलाई जेठभित्र निर्वाचन गर्न सुझाव दिएको हो ।
अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ । ‘स्थानीय तहको निर्वाचन जेठ महिनिाभित्र गर्न सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ’, सरकारका प्रवत्ता तथा सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको छ ।’ बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए ।