
जनस्वास्थ्यविद डा रविन्द्र पाण्डेले माघ पछि कोरोना महामारी ओरालो लाग्ने वताउनुभएको छ । केहि दिनमा महामारी उच्च भएर ओरालो लाग्ने वताउनुभएको हो । उहाँले शनिवार र आइतवार कोरोना परीक्षण कम हुनाले तथ्यांक घटने गरेको तर सोमवार देखि फरक हुने वताउनुभयो । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन । ६ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९।५ प्रतिशत रहेको छ ।



