About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १५ माघ
आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गराउन दबाब बढिरहेका बेला सत्ता गठबन्धनको बैठकमा पनि संसदीयभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भएको छ ।
आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि कहिले गर्ने भन्ने टुंगो नलागेको नेताहरुले बताएका छन् । यसबारेमा आजै अपराह्न फेरि बैठक बसेर एउटा निष्कर्षमा पुगिने सत्ता गठबन्धनका नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसभित्र चुनाव सार्न नहुने मत बलियो भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । चुनाव सार्नु वा वैशाखमा नगर्नु संविधानविरुद्ध हुने भएकाले कांग्रेसले संविधानविरुद्ध जान नहुने नेताहरुको भनाइ छ । प्रचण्ड र माधव नेपाललाई समेत मनाएर समयमै चुनाव गर्नेगरी छलफल सकारात्मक ढंगले अघि बढेको बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय