
उर्लाबारी, १५ माघ
यु युथ्स अफ उर्लाबारीको अध्यक्षमा रोशन घिमिरे चयन भएका छन् । आज सम्पन्न संस्थाको दोस्रो चुनावी साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
सर्वसम्मत चयन भएको समितिका उपाध्यक्षमा सुरेन्द्र शर्मा, सचिवमा किसन अटल, सहसचिवमा प्रियंका ठटाल र कोषाध्यक्षमा हेमन्त गजमेर रहेका छन् । ११ सदस्यीय समितिको सदस्यमा लक्ष्मण दाहाल, नवीन कट्वाल, सनम श्रेष्ठ, अजय गौतम, सविन श्रेष्ठ र सागर गजमेर रहेका छन् ।
साधारणसभा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि फागोले हर क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण हुने बताए । उनले देश विकासका लागि युवा अघि बढ्नु पर्ने बताउँदै यु युथ्सले गरेका सामाजिक कार्यको प्रसंसा गरे । सो अवसरमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का, उर्लाबारी जेसीजका अध्यक्ष तारानाथ दाहाल, संस्थाका सल्लाहकार घनश्याम भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष प्रेमराज शर्माको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका सचिव सुरेन्द्र शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोशन घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०७५ सालमा स्थापना भएको संस्थाले लागुऔषधविरुद्ध सचेतना, महिला हिंसा विरुद्धको कार्यक्रम, अग्नि पीडितलाई सहयोग, रोगबाट पीडित व्यक्तिहरुको सहयोगार्थ महाशिवरात्री साँझ, खुला वाचन प्रतियोगिता, कोरोना महामारीमा उर्लाबारी नगरपालिकाको राहत कोषमा सहयोगलगायतका विविध कार्य गरेको अध्यक्ष शर्माले बताए । कोषाध्यक्ष घिमिरेले १३ लाख २० हजार रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।