About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ माघ
मोरङको उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वन उपभोक्ता समूहको वार्षिक चुनावी साधारणसभा अन्तर्गत भोलि बिहान ८ बजेदेखि मतदान हुँदैछ । वन समूहको नयाँ समिति चयनका लागि सर्वसम्मत् नभएपछि पाँच पदमा मतदान हुने भएको छ ।
समूहको अध्यक्ष, खुला उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र लेखा संयोजकमा मतदान हुने भएको हो । पाँच पदका लागि १२ जना चुनावी मैदानमा रहेका छन् । महिला उपाध्यक्षमा सीता बुढाथोकी डाँगी, सचिवमा अरुणा थापा र सदस्यहरु निर्विरोध चयन भएका छन् ।
भोलि हुने निर्वाचनमा अध्यक्षमा कस्ले बाजी मार्ला भन्ने चासोको विषय बनेको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष भीमबहादुर राई, पूर्वअध्यक्ष कृष्ण दाहाल र वर्तमान कोषाध्यक्ष ज्योति थापा चुनावी मैदानमा छन् । राई नेकपा माओवादी केन्द्र, दाहाल नेकपा एमाले र थापा नेपाली काँग्रेस पार्टी निकट हुन् । वनमा राजनीतिक आस्थाका आधारमा भन्दा पनि वनको विकासमा सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनु पर्ने आवाज पनि उठेको छ । यद्यपि, तीनै जना उम्मेद्वारले आफू सक्षम उम्मेद्वार रहेको बताउँदै आएका छन् ।
समूहको खुला उपाध्यक्षमा श्यामप्रसाद ढकाल र कुलबहादुर प्रधान, सहसचिवमा मित्रप्रसाद आचार्य र रोहित आचार्य, कोषाध्यक्षमा कृष्णराज गिरी, अर्जुन बास्तोला र राजेन्द्र बास्तोला तथा लेखा समिति संयोजकमा देवमणि न्यौपाने र कमलप्रसाद लुइटेल उम्मेद्वार रहेका छन् ।
नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । वनमा १२ सय बढी मतदाता उपभोक्ता रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय