
उर्लाबारी, १४ माघ
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले उर्लाबारीमा बढीभन्दा बढी पर्यटक भित्र्याउने गरी नगरपालिकाले योजना बनाएर अघि बढ्ने बताएका छन् । उर्लाबारीमा पर्यटकीय सम्भावनाका क्षेत्रहरु धेरै रहेकोले नगरपालिकाले पनि सोचेजति कार्य गर्न नसकेको उनले बताए ।
शुक्रबार वेतिनी सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभाको प्रमुख अतिथि रहेका नगर प्रमुख फागोले वेतिनी सिमसारमार्फत उर्लाबारीको आर्थिक विकास गर्न सकिने बताए । वेतिनीलगायत बाँसेचौरी, बुढाठाकुर, लाम्पातेलगायत सिमसारको संरक्षण र प्रवद्र्धन गर्न सके उर्लाबारी पर्यटनको केन्द्र बन्ने बताउँदै उनले नगरपालिकाले यस विषयमा कदम चाल्ने बताए ।
‘प्रकृतिले उर्लाबारी नगरपालिकालाई धेरै दिएको छ’ उनले भने, ‘हामीले सदुपयोग गर्न सकेका छैनौं ।’ वनको निर्वाचनमा राजनीतिभन्दा माथि उठेर काम गर्न सक्ने सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनु पर्ने उनको धारणा थियो । उनले भने, ‘भोट हाल्ने बेलामा राजनीतिक दल होइन, वेतिनी वनलाई सम्झनुहोस्, वनलाई समृद्ध बनाउने व्यक्ति छान्नुहोस् ।’
कार्यक्रमका विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी वेतिनी वन र वेतिनी सिमसार उर्लाबारीको गहना भएको बताउँदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्ने बताइन् । सो अवसरमा सामुदायिक वन महासंघ प्रदेश १ का सचिव अग्नि पौडेल, मोरङ अध्यक्ष रामकृष्ण राई, सामाजिक अगुवा जयधर्म आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वन समूहका अध्यक्ष भीमबहादुर राईको अध्यक्षतामा भएको पत्रकारिताको माध्यमबाट वन विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार केदार चौहानलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको छ । यस्तै, ज्येष्ठ नागरिक लिलानाथ गौतम र पवित्रादेवी काफ्ले, टोली प्रमुख विमला धिमाल, कालीबहादुर सुवेदी, सरिता लिम्बू, मोहनकुमार ठाकुर तथा उत्कृष्ट कर्मचार िशेरबहादुर भुजेल, सकुन्तला न्यौपाने र नगेन्द्र धिमालाई सम्मान गरिएको छ । वनकी सचिव अरुणा थापाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष ज्योति थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष कविराज धिमालले स्वागत मन्तव्य राखेका थिए ।



