About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ माघ
भट्टराई कुल वंश प्रतिष्ठानका संरक्षक सदस्य तथा एमाले नेता योगेश भट्टराईले मोरङको उर्लाबारीका भट्टराई बन्धुहरुसँग भेटघाट तथा छलफल गरेका छन् । प्रतिष्ठानका केन्द्रीय सदस्य अग्निप्रसाद भट्टराईको विशेष पहलमा बन्धु भेटघाटका लागि उर्लाबारी आएका उनले आज बिहान उर्लाबारी–७ निवासी दयाराम भट्टराईको निवासमा छलफल गरेका हुन् ।
भेटघाटमा प्रतिष्ठानका केन्द्रीय सचिव प्रतिष्ठानका प्रदेश नं. १ अध्यक्ष चन्द्रबहादुर भट्टराई भरत, जिल्ला अध्यक्ष तेजकुमार भट्टराई, उर्लाबारी नगर अध्यक्ष डम्बरबहादुर भट्टराई, कोषाध्यक्ष दीपक भट्टराई, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, अग्रज पत्रकार जगन्नाथ भट्टराईलगायत भट्टराई बन्धुहरुको सहभागिता रहेको थियो । विभिन्न जिल्ला बसाइसरी उर्लाबारी आएर बसेका भट्टराई बन्धुहरुसँग योगेश भट्टराईले पारिवारिक छलफल गरेको केन्द्रीय सदस्य अग्नि भट्टराईले बताए ।
संरक्षक सदस्य भट्टराईले हिजो भट्टराई कुल वंश प्रतिष्ठान वशिष्ठ आश्रम दमकको अवलोकन समेत गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय