About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ माघ
नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धन संबिधानलाई समाप्त पार्ने दिशामा अघि बढेको बताएका छन् । उनले यो गठबन्धन लामो समय नटिक्ने बताए ।
नेकपा एमाले उर्लाबारी नगर कमिटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले स्थानीय तहको निर्वाचन सार्ने प्रपन्चमा लागेर बर्तमान गठबन्धन संविधान समाप्त पार्न लागेको आरोप लगाए । संघीयताको जग नै स्थानीय तह भएकाले यसलाई रिक्त बनाएर स्थानीय तहलाई संघीय सरकारको छाँया बनाउने प्रयास भइरहेको उनको भनाई थियो ।
बैशाखमा स्थानीय तह निर्वाचन गर्दा अधिकांश स्थानमा एमाले विजयी हुने देखेर वर्तमान सरकार निर्वाचन सार्न लागिपरेको उनले बताए । स्थानीय तहमा एमाले अझैँ पनि मजबुत रहेकाले वर्तमान गठबन्धनको सरकार स्थानीय तहलाई कमजोर बनाएर संविधानलाई समाप्त पार्ने कसरतमा लागेको बताउँदै उनले पाँच दलीय गठबन्धन अप्राकृतिक भएकोले चाँडै नै भत्किने बताए ।
उनले स्थानीय तहको निर्वाचन जसरी भएपनि हुने बताउँदै निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । आगामी २०७९ निर्वाचन वर्ष भएकाले संबिधानको रक्षाका लागि तीनै तहको निर्वाचनमा एमालेको जित आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रम नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोलाको अध्यक्षतामा भएको थियो ।
राष्ट्रिय सभा निर्वाचनको सिलसिलामा केही दिनअघि विराटनगर आएका नेता भट्टराई हिजो उर्लाबारी आएका थिए । यहाँ रहने क्रममा उनले पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्नुका साथ भट्टराई कुल वंश प्रतिष्ठान केन्द्रीय कार्यालयको अनुगमन तथा आज बिहान उर्लाबारीमा भट्टराई बन्धुहरुसँग भेटघाट कार्यक्रम गरेको नेकपा एमाले मोरङका सदस्य अग्नि भट्टराईले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय