About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ माघ
होण्डा ब्राण्ड मोटरसाइकलको आधिकारिक बिक्रेता ऋषियाना अटोमोवाईल प्रालि उर्लाबारीले एक्सचेन्ज महामेलाको आयोजना गरेको छ । प्रालिका अध्यक्ष रञ्जित चौहानले होण्डाको नयाँ प्रस्तुतिको रूपमा रहेको ३ सय ५० सिसिको हाईनेस बाईक र २ सय सिसिको हर्नेट बाईकसहित अन्य नयाँ मोटरसाइकलहरु अब उर्लाबारीको सोरुममा उपलब्ध रहेकोे जानकारी दिए ।
यस्तै प्रालिका निर्देशक मिलन गौतमले जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएपनि एक्सचेन्ज अफर अन्तर्गत होण्डाका बाईक एवम् स्कुटीहरु लान सकिने र प्रत्येक मोटरसाइकलमा न्युनतम ५ हजारको छुट अफर समेत रहेकोे जानकारी दिए । उनका अनुसार एक्सचेन्ज अफर एक सातासम्म रहने छ । प्रालिका अध्यक्ष चौहानले उर्लाबारीमा चाँडै अत्याधुनिक उपकरणसहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याइने र पथरी लगायतका क्षेत्रमा समेत शाखा मार्फत सेवा दिने साथै स्पर्ट फाईनान्सको ब्यवस्थापन गरिन लागेको जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय