About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ माघ
वेतिनी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षका लागि तीन जनाको उम्मेद्वारी परेको छ । आज भएको मनोनयन दर्तामा अध्यक्षका लागि वर्तमान अध्यक्ष भीम राई, पूर्व अध्यक्ष कृष्ण दाहाल र वर्तमान कोषाध्यक्ष ज्योति थापाले उम्मेद्वारी दर्ता गराएका छन् ।
महिला उपाध्यक्ष, सचिव र लेखा समिति सदस्य सर्वसम्मत चयन भएका छन् । महिला उपाध्यक्षमा सीता बुढाथोकी (डाँगी), सचिवमा अरुणा थापा र लेखा समिति सदस्यमा वेदराज गिरी (शम्भु) र कमला भट्टराई निर्विरोध निर्वाचित भएका छन् । यस्तै, खुला उपाध्यक्षमा श्यामप्रसाद ढकाल, कुलबहादुर प्रधान र नरबहादुर गुरुङ, सहसचिवमा मित्रप्रसाद आचार्य र रोहित आचार्य तथा कोषाध्यक्षमा कृष्णराज गिरी, अर्जुन बास्तोला र राजेन्द्र बास्तोलाले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, लेखा समिति संयोजकमा देवमणि न्यौपाने, कमलप्रसाद लुइटेल र टंकप्रसाद दाहाल उम्मेद्वार बनेका छन् । माघ १५ गते हुने निर्वाचनका लागि भोलि माघ १२ गते बिहान १०ः३० बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय