About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० माघ
ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ स्थित मैवाखोला माध्यमिक विद्यालय तेम्बेका पूर्व विद्यार्थीहरुले आफ्ना सहपाठीको सहयोगका लागि संगठित भएका छन् । सो विद्यालयबाट २०४७ सालमा एलएलसी उत्तीर्ण गरेका मैवाखोला–१ चित्रेका भवानीप्रसाद पाठकको सहयोगका लागि बलबहादुर तामाङको संयोजकत्वमा सहयोग समिति गठन भएको हो ।
काठमाडौंमा प्राइभेट जागिर खाँदै गर्दा पाठकमा वि.सं. २०६० सालमा दुई वटै आँखामा समस्या देखियो । तिलगंगा आँखा अस्पताल र भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि आँखाको उपचार हुन नसकेपछि केही समयपछि पुरै दृष्टिबिहीन हुनुप¥यो । पाठकका श्रीमती र दुई छोरा छन् । एउटा परिश्रमी र सबल व्यक्ति एक्कासि दृष्टिविहीन हुँदा उनलाई दैनिक जीवन चलाउन कठिन भएको थाहा पाएपछि आफूहरु सहयोगका लागि संगठित भएको संयोजक तामाङले बताए ।
पाठकलाई दीर्घकालीन रुपमा व्यवसायमा जोड्न आर्थिक अभियान सञ्चालन गरेको बताउँदै तामाङले सहयोगका लागि सबै समक्ष आग्रह गरेका छन् । एकद्वार प्रणालीमा सहयोग संकलन गर्ने उद्देश्यका लागि प्रभू बैंक दमक शाखामा डम्बरबहादुर श्रेष्ठ र दधिराम खरेलको नाममा बैंक खाता खोलिएको छ ।
साथै, आफ्ना साथीको सहयोगका लागि समिति पनि निर्माण गरिएको छ । बलबहादुर तामाङ संयोजक रहेको समितिको सहसंयोजकमा दीपक ओख्राबू, सचिवमा चुडामणि काफ्ले, सहसचिवमा प्रेम तामाङ, कोषाध्यक्षमा डम्बर श्रेष्ठ र सहकोषाध्यक्षमा दधिराम खरेल रहेका छन् । यस्तै, सदस्यहरुमा लक्ष्मी खरेल, अशोक नाल्बो, राजकुमार बरुम्हाङ, मदनराज बराल, युवनकुमार भट्टराई, रामप्रसाद पौडेल, जंग आङबुहाङ, भानु आङ्बुहाङ, सिंहराज आङबुहाङ, शमसेर वनेम, हरेन्द्र वनेम, छत्र वनेम, भिम केदेम, श्रीनारायण श्रेष्ठ, पूर्ण शमसेर नेयोङ, बन्जाबी ओख्राबू, धनपति पौडेल, दुर्गा नेयोङ, प्रेम थोप्रा, बिगेन्द्र ओख्राबू, श्रीप्रसाद तामाङ, गजेन्द्र अन्छन्बो, लक्ष्मी आङ्बुहाङ, तारा तेम्बे, लक्ष्मी भट्टराई, तारानाथ भट्टराई, राजमान लिम्बू थोप्रा, मनहरी प्रसाईं, मनकुमार शेर्पा, दुर्गा ढुंगेल, प्रेमहाङ वनेम, बेदनिधि भट्टराई, टीका तेम्बे, तिलप्रसाद वनेम लिम्बू र तेज आङ्बुहाङ रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय