About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० माघ
उर्लाबारी जेसीजले इलाका प्रहरी कार्यालय उर्लाबारीलाई १० थान इलेक्ट्रिक जग प्रदान गरेको छ । उर्लाबारी जेसीज वर्ष २०२२ को पहिलो सामाजिक कार्य अन्तर्गत आज इलाका प्रहरी कार्यालयमै पुगेर अध्यक्ष तारानाथ दाहालले उक्त सामग्री प्रहरी निरीक्षक राजाराम खड्कालाई हस्तान्तरण गरे ।
सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मी र हिरासतमा रहेका बन्दीहरुका लागि तातोपानी तयार गर्ने जग प्रदान गरिएको उर्लाबारी जेसीजका सचिव भुपाल काफ्लेले जानकारी दिए । सो अवसरमा उर्लाबारी जेसीजका पूर्व अध्यक्ष विनोद न्यौपाने, कार्यकारी उपाध्यक्ष टिकाप्रसाद भट्टराई, महासचिव निशान भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय