About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, ९ माघ
इटहरी उपमहानगरपालिकाले क्याम्पस पढ्ने दलित समुदायका विद्यार्थीलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रतिविद्यार्थी २४ सयका दरले आज ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गरिन् ।
उपमहानगरपालिकाले ६१ जना दलित विद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्तर्गत आज ३८ जनालाई प्रदान गरेको हो । अन्यलाई अर्को दिन प्रदान गरिने बताइएको छ । दलित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले बताइन् । यो वर्ष ६१ जना विद्यार्थीले प्रोत्साहनका लागि आवेदन दिएका थिए । उपप्रमुख गौतमले उपमहानगरपालिकाले निःशुल्क सञ्चालन गर्ने लोकसेवा तयारी कक्षामा भाग लिन समेत विद्यार्थीहरुलाई आग्रह गरिन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय