About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ८ माघ
नेपाली काँग्रेस उर्लाबारी–४ वडा समितिले टोल समिति गठनलाई तीब्रता दिएको छ । वडामा पार्टीलाई चलायमान बनाउन टोलटोलमा समिति गठनको कार्य अघि बढाइएको वडा सभापति प्रेम याक्खाले बताए ।
यसैक्रममा शनिबार परिवर्तन टोलमा ५९ सदस्यीय टोल समिति गठन भएको छ । समितिको सभापतिमा धु्रव खड्का, उपसभापतिमा रमेश भण्डारी, सचिवमा अर्जुन धिमाल, सहसचिवमा कुमारी दाहाल र कोषाध्यक्षमा कोपिला रिजाल रहेका छन् । यस्तै, सदस्यहरुमा सुवास डाँगी, सञ्जय धिमाल, ध्रुव राउत, प्रकाश कार्की, टंक भण्डारी, भक्त भण्डारी, राजकुमार दाहाल, कृष्ण धिमाल, विनोद उराँव, पूर्ण उराँवलगायत रहेका छन् ।
नेपाली काँग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोरङ क्षेत्र नं. १ क का सभापति नरबहादुर मोक्तान, क्षेत्र नं १ का सहसचिव अरुणा थापा, क्षेत्रीय सदस्य योगेन्द्र कटुवाल, ज्योति थापा, प्रदेशसभा क का सहसचिव नेत्र आपागाई, नगर सचिव राजन रायमाझीलगायतको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय