उर्लाबारी, ७ माघ
मोरङको उर्लाबारीका एक जना ट्रक चालकको कान काटेर दुई युवा फरार भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा भएको विवादमा झगडा हुँदा दुई युवाले उर्लाबारी नगरपालिका ७ का ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटेर फरार भएका हुन् । मुखियाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रक मुखियाले विराट चोकस्थित एक होटेलमा राति खाना खाएर सडकमा बालिएको आगो ताप्न गएका थिए । पहिलेदेखि नै आगो तापिरहेका स्थानीय युवाहरुसँग विवाद भएको इलाका प्रहरी बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs