About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ७ माघ
निर्वाचन आयोगले तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषदको दर्ता खारेज गरेको आयोगले जनाएको छ । आयोगका अनुसार यी तीन दलले लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका थिएनन् । प्रतिवेदन नबुझाएपछि गत साउन २० गते सार्वजनिक सूचना गरेर आयोगले ३० दिन भित्र २० हजार रुपैयाँ जरिवाना बुझाउन भनेको थियो । जरिवाना पनि नबुझाएपछि दल दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।
नेपाल युवा किसान पार्टी २०७३ मंसिर ३० गते, ३३ दलीय मोर्चा २०७४ असार २८ गते र नेपाल शान्ति क्षेत्र परिषद २०७४ असार ३० गते आयोगमा दर्ता भएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय