
उर्लाबारी, ३० पुस
कोरोना भाइरस संक्रमणको दर बढिरहेको बेला मोरङमा पनि तीब्र रुपमा बढिरहेको छ । मोरङमा आज मात्र १८६ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार विराटनगर महानगरपालिकामा १६४, बुढीगंगा गाउँपालिकामा ९, कटहरीमा ३, रंगेली र सुन्दरहरैंचा, जहदामा २÷२, धनपालथान, ग्रामथान, उर्लाबारी र स्थानीय तह नखुलेको १÷१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जिल्लामा बिहिबार १३२ जनामा संक्रमण पुष्टि भएको थियो ।



