
काठमाडौं, ३० पुस
नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।



