About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३० पुस
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) प्रदेश १ को तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । मोरङको उर्लाबारीमा प्याव्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले आगामी कार्यकालका लागि प्रदेश समितिको नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनबाट टिकाराम ढकाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका थिए । नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा सुमित थापा, उपाध्यक्षमा ज्ञानकुमार दाहाल (ज्ञानेन्द्र) र अर्जुन बस्नेत, सचिवमा कोषराज प्याकुरेल, कोषाध्यक्षमा राजेश आचार्य, सहसचिवमा विष्णुप्रसाद कोइराला र सहकोषाध्यक्षमा युसभ पाण्डे चयन भएका छन् । यस्तै, कार्यसमिति सदस्यमा भुवन श्रेष्ठ, निश्चल राज शाक्य, रक्मिणा गौतम (कोपिला), ज्ञानकुमार थलङ लिम्बू र भानुभक्त राजवंशी रहेका छन् । प्रदेश अन्तर्गतका जिल्ला समितिका अध्यक्ष विधानतः प्रदेश समितिको पदेन सदस्य रहने जनाइएको छ ।
उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा भएको तेस्रो प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम प्रदेश समितिका अध्यक्ष युवराज वाशिष्ठको सभापतित्वमा भएको थियो । अधिवेशनमा प्याव्सनका केन्द्रीय सहअध्यक्ष डिके ढुंगाना, महासचिव कुमार घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय