About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ पुस । नेकपा एमाले मोरङको पदाधिकारी सर्वसम्मत भएका छन् ।

विराटनगरमा जारी ९ औं जिल्ला अधिवेशनमा पदाधिकारीमा १–१ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्वु र सन्तोष साहको मात्रै उम्मेदवारी परेको छ ।

१६० जना सदस्यका लागि दोब्बर बढीले उम्मेदवारी दर्ता गराएका छन् । खुल्ला ५३ सदस्यका लागि १३४ जनाको उम्मेदवारी परेको बताईएको छ । नेताहरुले सदस्यहरु पनि सर्वसम्मतका लागि प्रयास भईरहेको बताएका छन् ।

निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न बाँकी रहेको बताईएको छ । शुक्रबार देखि शुरु भएको जिल्ला अधिवेशनमा १ हजार ४३० जना प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय