
उर्लाबारी, २४ पुस
मोरङको रतुवामाई नगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने सम्झौतामा शनिबार हस्ताक्षर भएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित व्यवस्थापन गर्ने सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा काठमाडौंमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र रतुवामाई नगरपालिका नगर प्रमुख रविन राईबीच कार्य सहमति पत्र हस्ताक्षर र आदान प्रदान गरिएको छ ।
सम्झौतापछि अब नगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित व्यवस्थापन गर्ने कार्य तीब्र रुपमा अघि बढ्ने नगर प्रमुख राईले बताए ।



