About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० पुस
वेतिनी सामुदायिक वन उपभोक्ता समूह उर्लाबारी–२ को माघमा हुने चुनावी साधारणसभाको सरगर्मी बढेको छ । यस क्षेत्रकै उत्कृष्ट सो वनको नेतृत्वमा आउनका लागि आकांक्षीहरुले दौडधुप सुरु गरेका छन् ।
वर्तमान अध्यक्ष भीम राई र वर्तमान कोषाध्यक्ष ज्योति थापाले अध्यक्षमा दाबी गर्दै उपभोक्तासँग मत माग्न थालेका छन् । आगामी माघ १४ र १५ गते हुने वनको १९ औं चुनावी साधारणसभामा नेतृत्व परिवर्तनको एजेण्डाका साथ आफूले उम्मेद्वारी दिने थापाले बताए । नेतृत्वका लागि आफू सक्षम रहेको र एकै व्यक्तिले पटक पटक नेतृत्व गर्न नहुने भन्दै उनले अध्यक्षको दाबी गर्दै उपभोक्तासँग मत माग्न थालेको बताए ।
यस्तै, वर्तमान अध्यक्ष भीम राई पुनः अध्यक्षको दाबी गर्दै आएका छन् । वनलाई अघि बढाउनुका साथै अधुरा कार्य पूरा गर्न आफू अब एक पटक नेतृत्व लिन लागिपरेको उनले बताए । वेतिनी सामुदायिक वनमा १४ सयभन्दा बढी उपभोक्ता रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय