About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, १८ पुस
अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राईको नाममा स्थापना भएको मिरा राई फाउण्डेशनको अध्यक्षमा खेमराज राई चयन भएका छन् । शनिबार धरान–१५ स्थित किरात राई यायोक्खाको भवनमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले खेमराज राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा हंशराज राई र ज्योत्सन राई, सचिवमा केशर राई र कोषाध्यक्षमा नुतन राई चयन भएका छन् । यस्तै, सदस्यहरुमा नरदेवी राई, सृष्टि राई, दिपा राई, ओम डिसिआर, उपेन्द्र कट्वाल, मन्त्रीमान राई, मिलन खाती, संकलन राई र सन्तोष मुक्मिन रहेका छन् ।
धरान निवासी सामाजिक व्यक्तित्व लालबहादुर राईको प्रमुख आतिथ्यतामा भएको साधारणसभाका बक्ताहरुले फाउण्डेशनलाई थप चलायमान बनाएर अघि बढ्न सुझाव दिएका थिए । भोजपुरको पौवादुङ्मा–५, सानोदुम्मामा कार्यालय रहेको फाउण्डेशनले सोही स्थानमा मिरा सामुदायिक भवन निर्माण गरेको कोषाध्यक्ष नुतन राईले बताए । २०७५ सालमा स्थापना भएको संस्थाले भोजपुरमा चार पटकसम्म ट्रेल रेस सञ्चालन गरेको छ । उक्त रेसमा प्रतिस्पर्धाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरु पनि आउने गरेको कोषाध्यक्ष राईले बताए । भोजपुर रेसका विजेताहरुले हङकङलगायतका देशमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने उनले बताए । तर, गत वर्षदेखि कोरोना महामारीका कारण रेस सञ्चालन हुन सकेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय