
विराटनगर, १८ पुस
नेपाली काँग्रेसको प्रथम प्रदेश नं. १ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गरिएको छ । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच गत महिना भएको प्रदेश अधिवेशनबाट निर्वाचित सभापति उद्धव थापालगायत कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
निर्वाचन समितिले सभापति थापासहित उपसभापति टंकप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भुपेन्द्र राई, सहमहामन्त्री खड्ग फागो, विनोदकुमार बस्नेत र प्रमिलाकुमारी गच्छदारसहित कार्यसमितिका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो । उक्त कार्यक्रमपछि प्रदेश समितिको पहिलो बैठक बसी विविध निर्णय गरेको सहमहामन्त्री खड्ग फागोले बताए ।



