About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ पुस
मोरङको उर्लाबारी वडा नं. ४ मा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरिएको छ । आज रामेश्वर शिवालय मन्दिरमा भएको भेलाले चन्द्रकला भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा पुन्यमाया घिमिरे, सचिवमा गीता कोइराला र कोषाध्यक्षमा नवीनकुमारी दाहाल रहेका छन् । अनेमसंघ मोरङकी कार्यवाहक अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य भीष्माकुमारी रेग्मीको प्रमुख आतिथ्यतामा संघको वडा अधिवेशन सम्पन्न भएको हो । अनेमसंघ उर्लाबारी नगर कमिटी अध्यक्ष रेखा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्द्रकुमारी पौडेलले गरेकी थिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय