About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङमा विराटनगरबाहिर पहिलो पटक अरनिको हस्पिटलमा ईण्डोस्कोपी सेवाको सुरवात गरिएको हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले जानकारी दिए। यो सेवा सुरुवात भएपछि पूर्वी मोरङसहित दक्षिणी इलाम, धनकुटा र झापाका विरामीहरु लाभान्वित हुनेछन् ।  इण्डोस्कोपी एउटा लचिलो प्रकारको लामो पातलो पाईप जसको टुप्पोमा सानो अत्याधुनिक डिजिटल क्यामेरा र लाईट जडान भएको हुन्छ र यसको प्रयोग गरी अन्ननली, पेट र सानो आन्द्राको पहिलो भागको चेकजाँच गरिने हस्पिटलका डा. सम्पन्न बुढाथोकीले जानकारी दिए ।

यस प्रक्रियामा मुखबाट पाइपहालेर परीक्षण गरिन्छ र उक्तपाइपमा जडान गरिएको क्यामेराले लिएको अङ्गहरुको भिडियो कलर मोनिटर मार्फतप्रत्यक्ष हेरिने डा. बुढाथोकीले बताए । वाकवाकी लाग्रने वान्ता आईरहने, निल्न कठिनाई हुने, अमिलो पानी आउने, शरिरको तौल अनावश्यक कम भएमा, रक्तअल्पता, खान रुची कम भएमा पेटको माथिल्लो भाग दुखेमा, छातीको बिच भागमा जलन भएमा, वान्ता हुँदा रगत आएमा लगायतका लक्षण देखिएमा ईण्डोस्कोपी गराउनुपर्ने हुन्छ । डा. बुढाथोकीका अनुसार ईण्डोस्कोपीबाट पेट तथा आन्द्राको ट्युमर र क्यान्सर, अन्ननली र आन्द्रा साँघुरिएको, अल्सर, आन्द्रा अवरोध, अन्ननलीमा रक्तनली सुन्निएको लगायतका रोगको पहिचान हुनेछ । ईण्डोस्कोपी सेवा रु दुई हजार तिरेर लिन सकिने र विमाबाट नि : शुल्क हुने व्यवस्था रहेको छ ।

२०७१ सालमा स्थापना भएको सो हस्पिटलले आकस्मिक सेवा, विशेषज्ञ डाक्टरबाट ओपिडि सेवा, हाडजोर्नी, फिजिसियन, रेडियोलोजिष्ट, सर्जन, वालरोग, महिला, छालारोग, नाक कान घाँटी, ,आमा सुरक्षा कार्यक्रम, फिजियोथेरापी लगायतको सेवा रहेको छ । हस्पिटलले आगामी ६ महिनापछी आईसियु र एनआईसियु सेवाको पनि सुरुवात गर्ने तयारी गरिरहेको अध्यक्ष पाेमूले जानकारी दिए। सो हस्पिटलले स्थानीय सरकारको सिफारिसमा गरिव तथा बिपन्न वर्गका विरामीलाई नि :  शुल्क उपचार सेवा समेत दिँदै आएको छ । हस्पिटलमा दैनिक ३ सय बढीले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय