About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ पुस
मोरङको उर्लाबारी–७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक तथा कर्मचारीहरुलाई तीन दिने तालिम प्रदान गरेको छ । लेटाङस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा संस्थागत विकास तालिम प्रदान गरिएको हो ।
संस्थाको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा सञ्चालित तालिममा संस्थाका सञ्चालक, लेखा समिति, सल्लाहकार, उपसमितिका पदाधिकारी र कर्मचारी गरी २८ जनाको सहभागिता रहेको थियो । आज एक कार्यक्रम गरी तालिम समापन गरिएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यता आयोजित समापन कार्यक्रममा सहभागीहरुले तालिम फलदायी भएको बताएका थिए । सो अवसरमा प्रमुख अतिथि मेयर फागोले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै सहकारीलाई नमूना बनाउन अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा सहकारीकी सल्लाहकार शोभितमाया तामाङ, कोषाध्यक्ष शोभा चेम्जोङ पालुङ्वा, सदस्य विस्तार समितिकी सदस्य सुमित्रा कोइराला, कर्मचारी संगीता राईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकी सभापति तथा संस्थाकी उपाध्यक्ष गोमा नेपालले तालिमले आफूहरुमा जिम्मेवारी थपिएको बताइन् ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा संस्था सञ्चालनका विधि, प्रक्रिया, सञ्चालक तथा कर्मचारीका जिम्मेवारी, आचारसंहिता, संस्था सञ्चालनका औजार, रणनीतिक योजनाका बारेमा सहजीकरण गरिएको थियो । नेफ्स्कुनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले तालिमको सहजीकरण गरेका थिए । समापन कार्यक्रम संस्थाकी निर्मला घलेले सञ्चालन गरेकी थिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय