
उर्लाबारी, १२ पुस
गत पुस ३ गते सम्पन्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मोरङको जिल्ला अधिवेशनबाट विभिन्न पदमा निर्वाचित उर्लाबारीका प्याव्सनिष्टहरुलाई सम्मान गरिएको छ ।
प्याव्सन उर्लाबारी नगर समितिले आज एक कार्यक्रमको आयोजना गरी जिल्ला उपाध्यक्षमा निर्वाचित सुरेन्द्र सुवेदी, जिल्ला सदस्यमा निर्वाचित रियेन्द्र थापा र महाधिवेशन प्रतिनिधि हेमचन्द्र भट्टराई, सूर्य पौडेल र अजितकुमार भट्टराईलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्याव्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, प्रदेश १ अध्यक्ष युवराज वाशिष्ठ, केन्द्रीय सदस्य लेखनाथ भट्टराईलगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । सम्मानित प्याव्सन जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदीले आफूहरुलाई जिताउन भूमिका निर्वाह गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका प्रदेश नं. १ सहसचिव केदार खनाल, प्रदेश सदस्य भुवन श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा जिल्लाभरकै उत्कृष्ट कोषाध्यक्षका रुपमा जिल्ला अधिवेशनबाट पुरस्कृत भएका उर्लाबारी प्याव्सनका निवर्तमान कोषाध्यक्ष मोहन बुढाथोकी र लामो समयसम्म शिक्षण गरे वापत पुरस्कृत जानुका सुवेदीलाई पनि बधाई ज्ञापन गरिएको थियो । कार्यक्रमको सञ्चालन नगर समिति सचिव कुवेर न्यौपानेले गरेका थिए ।



